Holiday in Calender of 2070 B.S.
क्यालेन्डर अनुसार बिदा हुने प्रमुख चाडहरूमा उभौली पर्व जेठ ११, जनैपूर्णिमा भदौ ५, गाईजात्रा भदौ ५, गौरा पर्व भदौ १२, इन्द्रजात्रा असोज २, छठ कात्तिक २३, माघी पर्व माघ १, महाशिवरात्री फागुन १५, फागुपूर्णिमा चैत २ लगायत छन्।त्यसैगरी दसैं बिदाअर्न्तगत असोज १९ गते घटस्थापना परेको छ। असोज २५ गते फूलपातीदेखि ३० गते द्वादशीसम्म सरकारले बिदा दिएको छ। पात्रोअनुसार असोज २७ गते आइतबार विजयादशमी परेको छ। कोजाग्रत पूर्णिमा कात्तिक १ गते पनि बिदा छ।
तिहारमा लक्ष्मीपजा, कात्तिक १७ गते, १८ गते गोवर्द्धन पूजा र १९ गते भाइटीका गरी तीन दिन बिदा दिने निर्णय भएको छ। त्यसैगरी रामनवमी वैशाख ६ गते, बुद्धजयन्ती जेठ ११ र श्रीकृष्णअष्टमी भदौ १२ गते बिदा दिने निर्णय भएको छ। गृह मन्त्रालयबाट प्रकाशित सूचनाअनुसार विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत ध्यान दिई बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्नसक्ने भनिएको छ।